१२ आश्विन २०८१, शनिबार

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौं : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने दावी गरेका छन् । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई सम्बाेधन गर्दै ओलीले हत्याराहरुलाई केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने बताएका हुन् ।

ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई-चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’

ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आम रुपमा राम्रो भएको दावी गर्दै हिजो ईंट्टा भट्टामा जलाउनेहरुलाई मन्त्री बनाएपनि आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका बताए । उनले १२ वर्षअघिका अपराधीलाई पनि जेलमा हालिसकेकोले अहिलेका अपराधी पनि उम्किन नपाउने दावी गरे ।

प्रधानमन्त्री ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई हटाउन खोजिएको बताए । उनले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको बताए । उनले देश बनाउने आफ्नो उद्धेश्यसँग नमिलेका, समृद्धिको सपना नदेख्ने र अरुले देखे पनि पूरा गर्न नदिने तत्वहरू सरकार र पार्टीबाट बाहिरिएर सडकमा डम्फु बजाइरहेको बताए ।

ओलीले आफूले देश र पार्टी बनाउन खोज्दा पार्टी छोडेर हिँडेको बताए । आफूलाई सांसद किनबेच गरेर साँठगाँठ गरेर पार्टी फुटाएर पदबाट हटाउन षड्यन्त्र गरिएको उनले बताए । उनले तीन वर्षको अवधिमा सरकारले असाधारण विकासका काम अगाडि सारेको उल्लेख गर्दै विकास देख्न नचाहने तत्व अत्तालिएको बताए ।

उनले भने, हाम्रा विरोधीहरू त्यसै अत्तालिएका होइनन्, तीन वर्षमा गरेको काम देखेर अझै दुई वर्ष काम गर्न दिने हो भने आफू विलय हुने डरले अत्तालिएका हुन् । आफू प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन र सुनिन थालेको भन्दै ओलीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका सवालमा आफू कसैसामु कहिल्यै नझुक्ने बताए ।

ओलीले अदालतले देशलाई अस्थिरतातर्फ धकेल्ने गरी निर्णय नगर्नेमा आफू विस्वस्त रहेको बताउदै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै भने, ‘एकहुल मान्छे जम्मा गरेर ‘मान्छे हेर्न यहाँ आउ’ भन्नेहरूलाई बुटवलको जनसभा हेर्न म चुनौती दिन्छु ।’

उनले सभास्थलमा मात्रै सडकमा बसेर पनि दशौँ हजारले भाषण सुनिरहेको दावी गरे । उनले भने, ‘यो सभास्थलमा मात्रै होइन मेरो दाहिने पट्टी नदेखिने गरी टाढासम्म जनसमूदायको उपस्थिति छ । मेरो देब्रेपछि पनि, त्यसैगरी विशाल जनसमूदाय तालजाली भन्दा बाहिर सडकसम्म छ । म आउँदा देखेँ, कार्यक्रमस्थलमा बस्ने ठाउँ नभएर कार्यक्रम सुनेर दशौ हजारको संख्यामा बाहिर सडकमा हुनुहुन्छ । तपाईँहरुको उपस्थितिलाई म सलाम भन्न चाहन्छु ।’

उनले स्थिरताको पक्षमा जनलहर देखिएको भन्दै आफूले सबैलाई सलाम भन्न चाहेको पनि बताए । आउँदो चुनावको स्वागतका लागि व्यक्त गरेको अभिमतलाई पनि सलाम भन्न चाहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

विष्णु पौडेल भन्छन्, ‘नेकपा फुटेको होइन, केही नेता चोइटिएर गएका हुन्’

प्रचण्डले पार्टी र देश कब्जा गर्न खोजेकोले नेकपा विभाजनको संघारमा पुग्यो : अर्थमन्त्री पौडेल

वैशाखपछि पनि फेरि एकपटक केपी ओली नै प्रधानमन्त्री : अर्थमन्त्री पौडेल

लुम्विनी प्रदेशका जनता केपी शर्मा ओलीको पक्षमा छन् : मुख्यमन्त्री पोखरेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !