८ जेष्ठ २०८१, मंगलबार

लुम्विनी प्रदेशका जनता केपी शर्मा ओलीको पक्षमा छन् : मुख्यमन्त्री पोखरेल


शंकर पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी प्रदेशका जनता केपी शर्मा ओलीको पक्षमा भएको बताएका छन् । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई सम्बाेधन गर्दै पोखरेलले सो कुरा बताएका छन् ।

अवको नेपालको विकास र सम्वृद्धिको यात्रा केपी ओलीको सरकारले मात्र गर्ने भएकोले प्रचण्ड-नेपाल समूहको पत्तासाफ समेत हुने बताएका छन् । साथै रोल्पा र रुकुममा पनि केपी ओली नेतृत्वको नेकपाले आगामी वैशाखमा हुने निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गरेका छन् ।

उनले केपी शर्मा ओली नेतृत्वको नेकपा नै संस्थापन पार्टी भएकोले अव नेकपाको आधिकारिकताको बारेमा अल्झिनुनपर्ने बताएका छन् । संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन जनसभा आयोजना गरिएको ओली समूहको नेकपाको भनाइ छ ।

आज भई रहेको बृहत जनसभा ऐतिहासिक हुने नेकपाका नेताहरूले बताएका छन् । रूपन्देही जिल्लाबाट १ लाख र अन्य जिल्लावाट १ लाख गरी २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !