६ जेष्ठ २०८१, आइतबार

वैशाखपछि पनि फेरि एकपटक केपी ओली नै प्रधानमन्त्री : अर्थमन्त्री पौडेल


विष्णु पौडेल

बुटवल । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओलीले यसअघि नै नेकपाको नेतृत्व यूवामा हस्तान्तरण गर्ने भनेतापनि आगामी वैशाखमा हुने निर्वाचनमा ओली समूहले बहुमत हासिल गरेर फेरि एकपटक केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई सम्बाेधन गर्दै पौडेलले सो कुरा बताएका छन् ।

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कब्जा गरेर देश कब्जा गर्न खोजेकोले नेकपा विभाजनको संघारमा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको तर केहि स्वार्थी मान्छेहरु किनारा मात्र लागेको उनले बताएका छन् ।

केहि जंगली मानसिकता भएका षडयन्त्रकारी तत्वहरु किनारा लागेको समेत बताएका छन् । साथै वैशाखमा जसरी पनि निर्वाचन हुने भएकोले निवाचनको तयारीमा लाग्न समेत आम नेपाली जनतालाई आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशमा विगतमा पराजित निर्वाचन क्षेत्रमा आगामी वैशाख हुने निर्वाचनमा बिजय हासिल गर्ने दावी समेत गरेका छन् । आगामी वैशाख हुने निर्वाचनमा ओली समुहको नेकपाले बहुमत हासिल गर्ने भएकोले फेरी पनि एकपटक देशले केपी शर्मा ओलीको नेतृत्वमा सरकार चाहेकोले वैशाखपछि केपी शर्मा ओली नै देशको प्रधानमन्त्री हुने घोषणा समेत गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !