१९ बैशाख २०८१, बुधबार

निर्मला, भागरथी जस्ता किशोरीहरु बलात्कृत हुँदा अस्मिता नमिचिने, राष्ट्रपतिविरुद्ध बोल्दा महिला अस्मिता मिचिने?


रामकुमारी झाक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।

संसद विघटनको विरोध आमसभामा नेतृ झाँक्रीले कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्ने बताइन । एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइने बताइन । एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?, भन्दै नेतृ झाँक्रीले गरिन् ।

नेतृ झाँक्रीले भनिन्, “महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ । तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !