२१ बैशाख २०८१, शुक्रबार

केपी ओली एमाले होइन विमाले भईसके : माधव नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले केपी शर्मा ओली एमाले छोडेर विमाले भईसकेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई पशुपतिनाथले पनि भलो नगर्ने टिप्पणी गरेका छन् ।

उनले भने, ‘पशुपतिनाथले राम्रो, असल मान्छेको मात्रै भलो गर्ने भएकोले पशुपतिनाथले पापीलाई भलो गर्दैनन् चेतना भया । लोकतन्त्रको हत्या गर्ने, संविधानको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् ।’ ओलीले पहिले मदन भण्डारीको नाम लिने गरेको भन्दै अहिले त्यसलाई विर्सेर पशुपतिनाथको नाम जप्न थालेको अरोप पनि नेपालले लगाए ।

विभिन्न जिल्लामा घटिरहेको बलात्कारप्रति सरकारको असंवेदनशिलता देखेर आफूहरुलाई लाज लागेको भन्दै उनले आम जनताले केपी अ‍ोलीलाई धिक्कारिरहेको बताए । उनले बहुमत आफूहरूको पक्षमा रहेको भन्दै निर्वाचन आयोगले अन्यथा गर्न नमिल्ने बताए ।

उनले प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याइरहेको समेत आरोप समेत लगाए । ओलीले आयोगलाई धम्क्याइरहेकाले उनी कसरी पहिलो अध्यक्ष ? उनी बालकोटका होलान् । कुनै विधान, सर्कुलरमा पहिलो अध्यक्ष नलेखिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !