२४ बैशाख २०८१, सोमबार

मुख्यमन्त्री र सभामुख टुंग्याउन वाम कार्यदलको बैठक बस्दै


bamgathabandan

१४ माघ, काठमाण्डौ । प्रदेश संसदका सभामुख र ६ मुख्यमन्त्री तथा उपसभामुख पदको बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरिसकेको छ ।

कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनु अघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए । शुक्रवार साँझ ओली निवास बालकोटमा कार्यदलको बि्रफिङ सुनेपछि गोप्य वार्ता गर्ने भन्दै ओली र प्रचण्ड बालकोटवाट अन्यत्रै गएका थिए ।

कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ । माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्को पार्टीको हुनुपर्ने प्रस्ताव गरेको छ । यसमा छलफल हुन बाँकी रहेको नेम्वाङले बताए । एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने प्रस्ताव राखेको छ । कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री कुन दलले पाउने भन्ने टंुग्याउन सकस परेको छ ।

माओवादीले प्रदेश नम्बर ६ आफ्नो आधार क्षेत्र भएको र सातैवटा प्रदेशसभामध्ये सबैभन्दा बढी ३३ प्रतिशत जितेकाले सो प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएको छ । तर एमालेले सो प्रदेशको प्रदेशसभामा एमाले एक्लै ५० प्रतिशत रहेकाले बहुमत भएको दलले मुख्यमन्त्री पाउनु ठीक हुने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !