१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहद्वारा पार्टीको आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय


प्रचण्ड-नेपाल र निर्वाचन आयोग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ । बैठकपछि नेकपाको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको दावी गर्दै निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको जानकारी दिएका छन् ।

सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । दुवै समूहले राजनजीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

सो समूहको आज सोमबार बसेको केन्द्रीय समिति बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ भने महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाएको छ ।

उनले यसअघि आयोगले पठाएको पत्र प्राप्त भएको भन्दै फेरि पनि सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय भएको बताएका छन् । यस्तै पार्टीका नेताहरु हस्ताक्षरसहित आयोग जाने समेत बताइएको छ । बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोधमा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !