२१ बैशाख २०८१, शुक्रबार

मैले मेरा छोराछोरीलाई आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे, त्यो मेरो दोष हो ओली जी ?


पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने काम गरेको र अत्याचार गर्न थालेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो ? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !