२५ बैशाख २०८१, मंगलबार

बालुवाटारको ललिता निवास जग्गामा शहीद स्मारक बनाउने प्रधानमन्त्रीको घोषणा


बालुवाटारको ललिता निवास जग्गामा शहीद स्मारक बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको बहुचर्चित तथा विवादित जग्गा ललिता निवासको करीव १५७ रोपनी जमिनमा शहीद स्मारक बनाउने घोषणा गरेका छन् । आज शहीद दिवसको अवसरमा लैनचौरको शहीद स्मारकमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले हालको शहीद स्मारक साह्रै सानो भएको र विदेशी पाहुन आउँदा श्रद्धाञ्‍जली दिन पनि अप्ठेरो तथा सर्वसाधारणलाई पनि एकैपटक आउन नमिल्ने भएकाले फराकिलो ठाउँमा शहीद स्मारक बनाउने बताएका हुन् ।

शहीद दिवसमा श्रद्धाञ्जली अर्पण गर्न सकिने गरी प्रशस्त पार्किङ पनि भएको फराकिलो ठाउँ प्रधानमन्त्री निवास नजिककैको बालुवाटारकै जमिन ललिता निवास जग्गामा स्मारक बनाउन सकिने बताएका हुन् । ओलीले त्यस्तो स्मारक एक वर्षभित्रै बनाउन सकिने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !