१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाका १७ सदस्य निर्विरोध निर्वाचित


rastiyasava nirvachit umedwar

१० माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्य आगामी माघ २४ गते मतदानवाट निर्वाचित हुनुपर्ने ५६ मध्ये १७ जना सदस्यहरु बुधबार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सदस्यका लागि भने २४ गते एकल संक्रमणीय विधिवाट मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको मनोनयन दर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् । बुधबार सातवटै प्रदेशको गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सदस्यहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८/८ वटै सिटमा चुनाव हुनेछ ।

प्रदेश १ वाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ । यदि दाबी विरोध प्रक्रियावाट उम्मेदवारी खारेज नभए उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ ।

प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ । महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !