२१ बैशाख २०८१, शुक्रबार

प्रदेश ५ वाट राष्ट्रियसभामा कोमल वलीसहित ३ जना निर्विरोध !


komal oli

१० माग, काठमाण्डौ । प्रदेश ५ वाट राष्ट्रियसभा सदस्यमा महिला सिटमा गायिका एवम् नेकपा एमालेकी नेतृ कोमल वलीसहित तीन जना महिला उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

बुधबार उम्मेदवारी दर्ता गराएकी वली, एमालेकै मीना बुढा र नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको हो । प्रदेश नं. ५ मा तीन जना महिलाको कोटामा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।

निर्वाचन अधिकृत हेमन्त रावलले भने यसको औपचारिक घोषणा भने माघ १५ गते मात्रै हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !