१९ बैशाख २०८१, बुधबार

ओलीविरुद्ध यसरी खनिए भुसाल: ओलीको पतन निश्चित, राणा र राजाहरुकै शैलीमा खडा भए


घनश्याम भुसाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा केपी शर्मा ओली खडा भएकोे आरोप लगाएका छन् । बिहीबार बुटवलमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भुसालले ओलीको पतन हुनेमा अब कुनै शंका नभएको टिप्पणी गरे ।

आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको आरोप लगाउदै भुसालले भने, “ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !