१४ बैशाख २०८१, शुक्रबार

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर, एक वर्षसम्म कैद हुन सक्ने


मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की

काठमाडौं । चार पूर्वप्रधान्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गरेपछि अधिवक्ता धनजीत बस्नेतले चार पूर्वप्रधान्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।

विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध मुद्दा दायर भएको हो । अदालतको अवहेलना गरेको ठहरेमा चार पूर्वप्रधान्यायाधीशमाथि एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । मुद्दाको पेशी माघ १५ गते तोकिएको छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !