१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको थप आन्दोलनका कार्यक्रम घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहवाट थप आन्दोलनका कार्यक्रम घोषणा


प्रचण्ड-नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सो पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा आज सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका लागि बनाइएको पार्टी संघर्ष समितिले माघ १३ देखि २८ सम्मका कार्यक्रम सार्वजनिक गरेको छ । थप आन्दोलनका कार्यक्रममा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शनसम्म रहेका छन् ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पछिल्लो पटक कुनै पनि पक्षका निर्णय अमान्य घोषणा गरेको प्रश्नमा आफूहरुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरे ।

उक्त समूहले माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ देखि २१ माइतीघर मण्डलामा संविधानसभा सदस्य, संघीय सांसद् तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रममा राखेको छ । यस्तै माघ १६ गते १ बजे शान्ति बाटीकाबाट ‘जुलुससहित शहिद श्रद्धाञ्जली कार्यक्रम’ लैनचौर प्रस्थान गर्ने, त्यसैगरी विरोध प्रदर्शन र सभा माघ १५ गते बुटवल, १६ विराटनगर, १७ गते धनगढी गर्ने भएको छ ।

प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया गर्ने पनि घोषणा गरेको छ । यस्तै माघ २२ गते काठमाडौमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौमा विरोध प्रदर्शन र बृहत सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको थप आन्दोलनका कार्यक्रम घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !