२३ बैशाख २०८१, आइतबार

पूर्वमाओवादी लडाकु र पूर्वएमालेका नेता ओली नेतृत्वमा आउने जिकिर


महेश बस्नेत फाइल फोटो

चन्द्रौटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गरे ।

एक प्रसङ्गमा उनले कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएपनि पार्टी एकताका केही काम गर्न नसकेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !