१२ बैशाख २०८१, बुधबार

हामी केपी ओलीका हनुमान हैनौ : माधव नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधव नेपालले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीका हनुमान बन्न नसक्ने बताएका छन् ।

यो पनि पढ्नुहोस् : केपी ओलीले ज्ञानेन्द्रकै जस्तै ‘कू’ गरेका छन् : माधव नेपाल

आज बुधबार प्रचण्ड-माधव समूहको काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले विधि स्थापित हुनुपर्ने ठाउँमा व्यक्तिवादमा ओली हावी भएकोले समस्या आएको उनको भनाई राख्दै उनले आफूहरु ओलीको अनुहार हेरेर राजनीतिमा नलागेको भन्दै कम्युनिष्ट सिद्धान्तप्रति आस्थावान भइरहने बताएका छन् ।

साथै उनले केपी ओलीप्रति कटाक्ष गर्दै आफूहरु केपी कमरेडको पक्षमा भएपनि उहाँ केपी बाको पक्षमा उभिरहेको प्रसंग जोड्दै ओलीको पाउ छुनु पर्ने, बा भन्नु पर्ने, पार्टी स्थायी समितिका उहाँ भन्दा जेठो सदस्यले पनि उहाँको खुट्टा पैताला छुने गरेको रोचक घटना कोट्याउदै हामी यही बा प्रवृत्तिविरुद्ध लागेको तर कुनै व्यक्तिको विरुद्ध होइन पनि भनेका छन् ।

ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेकोले आफूहरु एक भएर अघि बढेको नेपालले बताउदै संविधानमाथि हमला गरिएकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको उनको भनाई रहेको छ । ओलीको ‘कू’ पूर्व राजा ज्ञानेन्द्रको जस्तै भएको अध्यक्ष नेपालले बताएका हुन् ।

यो पनि पढ्नुहोस्

वामदेवले जति बालुवा पेले पनि तेल निस्कँदैन : माधव नेपाल

माधव पहिलो अध्यक्ष म दोस्रो : अध्यक्ष प्रचण्ड

जबज छोड्ने पहिलो नेता केपी ओली नै हुन् : अध्यक्ष प्रचण्ड

प्रचण्डको रोइलो : सूर्य चिन्ह हामीले नपाए यो देशमा ‘कयामत’ आउनेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !