७ बैशाख २०८१, शुक्रबार

माधव पहिलो अध्यक्ष म दोस्रो : अध्यक्ष प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल उक्त समूहको पहिलो अध्यक्ष भएको अनि आफू दोस्रो अध्यक्ष भएको बताएका छन् ।

यो पनि पढ्नुहोस् : जबज छोड्ने पहिलो नेता केपी ओली नै हुन् : अध्यक्ष प्रचण्ड

आज बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले बताएका हुन् । जनताको बहुदलीय जनबाद (जबज) छोड्ने पहिलो नेता केपी शर्मा ओली नै भएको आरोप लगाएका छन् ।

संघीयता र समाजवाद पनि मन नपर्ने बताएका छन् । समाजवादतिर जाने बाटो बन्छ भनेर आफूले पार्टी एकता गरेपनि प्रधानमन्त्री ओलीबाट संविधान र गणतन्त्र नै मास्ने काम भएको आरोप प्रचण्डले लगाएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डको रोइलो : सूर्य चिन्ह हामीले नपाए यो देशमा ‘कयामत’ आउनेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !