१४ बैशाख २०८१, शुक्रबार

संसद विघटनको असंवैधानिक कदम विरुद्धमा जुटौँ : गगन थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पुर्वस्वास्थ्य मन्त्री गगन थापाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध जुट्न आग्रह गरेका छन् । युवा नेता थापाले लोकतान्त्रिक संविधान रक्षाको पक्षमा उठ्न आग्रह गरेका हुन् ।

युवा नेता थापाले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै भनेका छन्, “जुटौँ संसद विघटनको असंवैधानिक कदम विरुद्धमा ! उठौँ लोकतान्त्रिक संविधान रक्षाको पक्षमा ! नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं.४(ख) काे आयोजनामा आज दिउँसो ११ बजे बालुवाखानीबाट सुरु हुने र्‍याली सहित ह्यण्डबल ग्राउन्डमा हुने विरोध सभामा सहभागी हुन विनम्र अनुरोध गर्दछु ।”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !