१८ बैशाख २०८१, मंगलबार

समृद्धिका लागि एकताबद्ध हुन खानेपानीमन्त्री थापाको आग्रह


मणि थापा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार मुलुकको समृद्धितर्फ अघि बढेका बेला एकताबद्ध भई लाग्न कार्यकर्तामा आग्रह गर्नुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ स्तरीय कार्यकर्ता भेलामा खानेपानीमन्त्री थापाले नेकपाका दाहाल–नेपाल समूहमा बेइमानी र विचलन देखिएकाले ओली नेतृत्वको पार्टीमा एकताबद्ध हुन आग्रह गर्नुभएको हो । उहाँले अहिलेको स्थितिमा सरकार परिवर्तन वा पार्टी विभाजनमा जाँदा परिवर्तनबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले निर्वाचनमा जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

अध्यक्ष ओलीले आगामी चैतमा महाधिवेशन गरेर नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने भनेपछि केही नेतामा छटपटी शुरु भएको उहाँको भनाइ थियो । उहाँले नेकपाको पुनः एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्तावपत्र फिर्ता हुनुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !