१३ बैशाख २०८१, बिहिबार

नेकपा विभाजन हुँदा मेरो मुटु चिरिएर फुटेको छ : दीनानाथ शर्मा

राष्ट्रिय सभामा शर्माले उठाए प्रतिनिधिसभा विघटनको विषय : नेकपाभित्रको किचलोले विघटन हुनु दु:खद्


दीनानाथ शर्मा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले दलभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु दु:खद्को विषय भएको राष्ट्रिय सभामा बताएका छन् । शुक्रबार अपरान्ह शुरू भएको राष्ट्रियसभाको हिउँदे अधिवेशन बैठकमा बोल्दै शर्माले प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नु ठिक नभएको बताएका हुन् ।

प्रचण्ड-नेपाल समूहका उनले नेकपा औपचारिक रूपमा विभाजन नभएपनि फुटको संघारमा रहेको राष्ट्रिय सभामा जानकारी गराएका छन् । उनले प्रतिनिधिसभा विघटनबारे राष्ट्रिय सभाको बैठकमा छलफल उठ्ने र दलका सांसद विभाजित मानसिकता लिएर सदनमा आउनुपरेको बताउदै पार्टी विभाजन रोकेर पार्टी एकताका लागि जोड्न रसायन भए पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई आग्रह गरेका छन् ।

पार्टी विभाजित भएको र प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभा अहिले चलिरहेतापनि कुनै सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजन नभएकोले बताएका छन् । साथै नेकपा बन्दाखेरि आफू सबैभन्दा खुसी हुनुका साथै नेपाली जनता पनि खुसी भएको बताउदै विभाजित हुँदा आफ्नो मुटु चिरिएर फुटेको अनुभव गरेको बताएका हुन् । राजनीतिक स्वार्थका लागि नेकपा विभाजित भएकोले राजनीतिक दल विभाजन हुँदा लोकतन्त्र र व्यवस्था कमजोर हुने शर्माको भनाइ थियो ।

राष्ट्रियसभाको सातौं अधिवेशन शुक्रबारबाट प्रारम्भ गरेकोप्रति राष्ट्रियसभा सदस्य शर्माले सरकार र राष्ट्रपतिलाई धन्यवाद दिँदै यस्तो बताएका हुन् । प्रतिनिधिसभा नभएको अवस्थामा सातौं अधिवेशनको बैठक चल्दा यसको महत्व र गरिमा उच्च भएको उनले बताए । नेता शर्माले हिजोका दिनमा संसद र सदन चलाएको र अहिले त्यही रुपमा राष्ट्रियसभा संयमित रुपले अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले यसको गरिमा र मर्यादा राख्नेमा हिजोका दिनमा जस्तै योगदान र सहयोग हुने उनले बताए ।

यो पनि पढ्नुहोस्

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु

राष्ट्रिय सभाका १ जना सांसद र ५ जना कर्मचारीमा देखियो कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !