७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभाका १ जना सांसद र ५ जना कर्मचारीमा देखियो कोरोना संक्रमण


राष्ट्रियसभा

काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १ जना सांसद र ५ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज शुक्रबारदेखि शुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि हिजो बिहीबार कोरोना परीक्षण गरेकोमा ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय सभाको अधिवेशनको अघिल्लो दिन बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयकाले जानकारी दिएको हो । राष्ट्रिय सभाको अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेअनुरुप आज साँझ ४ बजेदेखि शुरु हुन लागेको छ । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन भइसकेको छ ।

अधिवेशनमा स्वास्थ्य सतर्कता अपनाउनका लागि कोरोना परीक्षण गरिएकोमा सांसद र कर्मचारीलाई कोरोना संक्रमण देखिएपनि अधिवेशनमा प्रभाव नपर्ने संसद सचिवालयले बताएको छ । सहयोगी कर्मचारीहरूमा संक्रमण देखिएपनि संक्रमितहरू संसद नआई आइसोलेशनमा बसेकोले गर्दा आज बस्ने नेको राष्ट्रिय सभाको बैठक चल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !