२२ बैशाख २०८१, शनिबार

शंकर पोखरेल भन्छन्, “लोडसेडिङ अन्त्य कुलमान घिसिङले होइन, ओलीले गरेका हुन्”


मुख्यमन्त्री शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य केपी शर्मा ओलीले गरेको बताएका छन् । ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई केपी शर्मा ओलीले गरेको बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले भने, ‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन् । विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !