२४ बैशाख २०८१, सोमबार

सम्भावित प्रदेश प्रमुखहरु


pradesh pramukha

३ माघ, काठमाण्डौ । सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको छ । त्यसका लागि अहिले मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रदेश प्रमुखका साथै अस्थायी राजधानी तोक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । २ मा राजपा र ५ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने भएको छ भने ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ । ‘प्रदेश १ को नाम हेरफेर हुनसक्छ, अरु लगभग फाइनल हो,’ स्रोतले भन्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !