१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीलाई मन लागेर संसद विघटन भयो भन्दैमा विघटन हुन्न : नारायणकाजी श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले वर्तमान संविधानले संसद विघटन गर्ने कुनै अधिकार नदिएको बताएका छन् ।

हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा बोल्दै नेता श्रेष्ठले संसद विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदम भएको भन्दै भने, ‘कोही व्यक्तिले प्रतिनिधि सभा विघटन गर्ने ठाउँ नै छैन, हामीले यो प्रावधान संविधानमा स्वाट्ट राखेको होइन । कोहीलाई मन लागेर संसद विघटन भयो भन्दैमा विघटन हुँदैन भन्ने हाम्रो भनाइ हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !