१८ बैशाख २०८१, मंगलबार

उपराष्ट्रपति पुनसँग भारतीय राजदूत पुरीको भेटवार्ता


nanda bahadur pun

२ माघ, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले मंगलबार भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा भएको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए ।

उनले नेपाल र भारतबीचको युगौंदेखिको सम्बन्ध साँस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको भन्दै दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने धारणा राखे ।

राजदूत सिंहले भारत र नेपालको सम्बन्ध राजनीतिक भौगोलिक सिमानाको सम्बन्धमात्रै सीमित नरही जनस्तरसम्म जरा गाडेको बताए । प्रविधि, पूर्वाधार, जलविद्युत, व्यापारलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको पनि उनले बताएका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !