२२ बैशाख २०८१, शनिबार

खुमलटारमा अचानक प्रचण्ड र वामदेववीच भेटवार्ता : के भयो छलफल ?


प्रचण्ड र बामदेव गौतम फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम र नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर भेटवार्ता गरेका हुन् । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच करिब एक घण्टा वार्ता भएको हो ।

संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको खुमलटार स्रोतले बताएको छ । उनले आफू प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको अडानमा अझै कायमै रहि एकताको लागि आफ्नो प्रयास जारी रहेको बताएका छन् । भेटमा प्रचण्डले निर्णायक बेलामा आफूतिर नलागेको भन्दै साथ दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि मात्र आफ्नो कित्ता प्रष्ट पार्ने मनसाय व्यक्त गरेका छन्। संसद विघटनसँगै नेकपामा राजनीतिक संकट देखिएपछि गौतम तटस्थ रहेका छन् । गौतमले भने दुबै भेलाले पार्टी फुटाउने घोषणा गर्ने भएकाले आफू नेकपा विभाजनको पक्षमा नरहेको भन्दै आएका छन् ।

नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक आह्वान गरिरहँदा दुई नेता वामदेव गौतम र रामबहादुर थापा बादल भने तेस्रो समूहको तयारीमा जुटेतापनि थापा ओलीको पक्षमा लागेका छन् । सचिवालयका सबै नेताको कित्ता प्रष्ट भई सकेपनि वामदेव गौतम भने कतै देखिएका छैनन् तर संसद विघटनको भने विरोध गरिरहेका छन्।

ओली पक्ष प्रतिनिधिसभा विघटनलाई स्वागत गर्दै निर्वाचनसँगै गाउँ तहसम्मै जान लागेको छ। दाहाल–नेपाल पक्ष भने प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा लिएर गाउँ तहसम्मै आन्दोलनमा जाने तयारीमा छ । दुवै पक्षका बिहीबार बसेका केन्द्रीय समिति बैठकले त्यहीअनुरूपका कार्ययोजना तय गरेका हुन्।

गौतम दुबै पक्षको केन्द्रीय समिति र गुटको भेलामा सहभागी भएका छैनन् । आज भएको भेटमा प्रचण्ड-नेपाल समूहका अन्य नेताहरु पनि सहभागी थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !