११ मंसिर २०८१, मंगलबार

संसद् विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी, अव के होला ?


सर्वोच्च अदालत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ । उक्त मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ जारी रहेको छ ।

आज शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमथि सुनुवाई भइरहेको छ ।

बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को व्याख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । संवैधानिक इजलाशका ३ जना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान भएकोले सो फैसला उपर पुनरावलोकन हुँदैन ।

शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखिरहेका छन् । अधिवक्ता सन्तोष भण्डारी समेत, समृत खरेल समेत, कञ्चनकृष्ण न्यौपाने, ज्ञानेन्द्रराज आरणसमेत, शालिकराम सापकोटा समेत, दिनेश त्रिपाठी, दीपक राई समेत, अमिता गौतम पौडेल समेत, लोकेन्द्रबहादुर ओली समेत, मणिराम उपाध्याय र तुलसी सिंखडाको रिटमा सुनुवाई भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !