१९ बैशाख २०८१, बुधबार

विष्णु पौडेललाई महासचिवबाट हटाउँदै, को बन्ला नयाँ महासचिव ?


विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली नेतृत्वको बैठक बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको बैठक थापाथलीस्थित कार्की बैंक्वेटमा बस्दैछ ।

ओली पक्षको दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको पनि १ बजे नै बस्नेछ । आजको बैठकमा पार्टी निर्देशनविपरित गतिविधि गर्ने र निर्णयको पालना नगर्ने मुख्यमन्त्रीहरुमाथि एक्सन लिने सम्भावना रहेको स्रोतले बतायो ।

महासचिवमा विष्णु पौडेल हटाउएर नयाँ महासचिव चयन गर्ने तयारी गरेको बुझिए पनि यस विषयमा आजको बैठकमा कुनै छलफल र प्रस्ताव नजाने पार्टी उच्च स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !