१९ बैशाख २०८१, बुधबार

प्रचण्डले आफ्नो भाग लिएर गए हुन्छ : प्रधानमन्त्री ओली


ओली-प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको स्वीकार गर्दै अर्का नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भाग लिएर गए हुने बताएका छन् । हिजो बुधबार योहो टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पत्रकार जीवराम भण्डारीसँगको कुरा गर्दै सो कुरा बताएका हुन् ।

उनले सार्वजनिक रूपमा एकीकरण सफल नभएको भन्दै दुई वटा पार्टी जति गरेपनि मिल्न नसकेको बताउदै प्रचण्डजी र मैले दुई वटा पार्टी एकता गरेका गरेपनि प्रचण्डजी र म मिल्न नसकेको बताएका हुन् । साथै उनले केन्द्रमा प्रचण्ड-नेपाल समूहको सङ्ख्या केही धेरै जस्तो देखिएपनि तल्लो तहमा केही पनि नभएको ओलीले दाबी गरेका छन् ।

प्रचण्ड-नेपाल समूह चुनावमा जान डराएको ओलीले आरोप लगाए । उनले आफू राजनीतिलाई अस्वस्थ ढंगले लैजानुहुन्न भन्ने पक्षमा अझै पनि रहेको भन्दै प्रचण्डले विभाजन भइसकेपछि उनको पार्टी कार्यालयको सम्पत्ति लिएर जाने तर पूर्व एमालेको सम्पत्ति आफैसँग रहने बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !