२२ बैशाख २०८१, शनिबार

अब एमाले ब्यूँतन सक्दैन, हाम्रो आधिकारिक बैठक हो : नेता नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौँ । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले आफूहरुको बैठक आधिकारिक भएको बताएका छन् । साथै उनले एमाले ब्यूँतन नसक्ने पनि बताएका छन् ।

मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले बालुवाटारमा सानो गुटको भेला भएको उल्लेख गर्दै आफूहरुको बैठक नै आधिकारिक रहेको बताएका हुन् । बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।

नेता नेपालले मंगलबारको बैठक स्मरणीय समते हुने बताए । नेता नेपालले नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको बताए । उनले बालुवाटार बैठकको वैधता समेत नरहने बताए । नेता नेपालले पूर्व एमाले र माओ‌वादीको विघटन भइसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !