२७ बैशाख २०८१, बिहिबार

राष्ट्रियसभा चुनावका लागि आयोगले माग्यो उम्मेदवारको दस्तखत


goverment office

१ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको हस्ताक्षरको नमूना पेश गर्न अनुरोध गरेको छ । आयोगले एक सूचना प्रकाशित गरी दलहरूले माघ ३ गतेभित्र सो हस्ताक्षरको नमूना पेश गर्नुपर्ने बताएको हो ।

आयोगले उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न अनुरोध गरेको हो । राष्ट्रियसभा निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !