५ जेष्ठ २०८१, शनिबार

प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं : विश्वप्रकाश शर्मा


bishwo-prkash

३० पुस, काठमाण्डौ । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका हुन् ।

वाम गठबन्धन फुटाउन आफ्नो पार्टी लागि परेको भनेर आरोप नलगाउन पनि आग्रह गरे । आइतबार राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस् ।’ चुनाव लगतै भएको भेटमा आफूलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ५ वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको माओवादी अध्यक्ष प्रचण्डको दाबी छ । लामो समयसम्म उनको यो दाबीको कांग्रेसले खण्डन गरेको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !