२३ बैशाख २०८१, आइतबार

वाम गठबन्धन फुटाउनको लागि देश-विदेशका शक्ति सक्रिय : शाही


mahendra bahadur shahi

३० पुस, भक्तपुर । पूर्व मन्त्री एवंम माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन फुटाउन देश-विदेशका शक्तिहरुले चलखेल गरेको दावी गरेका छन् । रफत सञ्चार क्लबद्वारा आयोजित कार्यक्रममा आइतबार शाहीले वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्राएर देश-विदेशका शक्तिहरुले नेपाललाई आफ्नो शक्ति केन्द्रका रुपमा प्रयोग गर्न खोजेको बताएका हुन् । तर, उनीहरुको प्रयास सफल नहुने शाहीको दावी छ ।

केपी ओली र प्रचण्ड एक जना प्रधानमन्त्री र एक जना अध्यक्ष हुने भन्दै कार्यकाल पाँच/पाँच वर्षकै हुने दावी समेत पूर्वमन्त्री शाहीले गरेका छन् । उनले वर्तमान देउवा सरकाले अब कहिल्यै सरकारमा आउन पाइदैन भनेर जाँदाजाँदै संविधान विपरीत निर्णयहरु गरेको आरोप लगाएका छन् ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै टिप्पणी समेत गरे । अर्काे फरक प्रशंगमा पूर्वमन्त्री शाहीले प्रदेश ६ को मुख्यमन्त्रीका लागि आफू योग्य रहेको भन्दै अवसर पाए जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !