८ पुस २०८१, सोमबार

कमल थापाको ओली र प्रचण्डलाई चुनौति : अब अति भो, गाईजात्रा बन्द गर्नुहोस्


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको आन्तरिक विवादको गाईजात्रा बन्द गर्न चुनौति दिएका छन् ।

आज बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले हामी जस्ता राजसंसंस्था सहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् भनेर लेखेका छन् ।

हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भई सकेको टिप्पणी गर्दै उनले दुवै अध्यक्षलाई ‘कमसेकम लोकलाज’ ख्याल राख्न’समेत आग्रह गरेका छन् ।

यदि नेकपाका शीर्ष नेताहरुले सल्बलाई रहेका राजावादीको आन्दोलनलाई छाँयामा पर्ने रणनीतिक कुटिलतामा अपनाएको सुइँको थाहा पाएर होला राजनीतिका माहिर खेलाडी कमल थापाले यसरी आफ्नो मनभित्र गुम्सिएर रहेको भावना प्रकट गरेको हुनुपर्छ ।

उनी पनि के कम विगतमा पार्टी अध्यक्ष र मन्त्री हुँदा के सम्म गरेनन् भन्ने कुरा आम नेपाली जनतामा प्रष्ट ऐना जस्तै नै छ । ‘अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी नदेख्ने’ भन्ने सान्दर्भिक उखान ठ्याम्मै उनीमाथि लागू हुन्छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् @kpsharmaoli @cmprachanda । हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् । हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्’

यो पनि पढ्नुहोस्

ओलीले फेरि किन देखाए वामदेवलाई प्रधानमन्त्रीको ललिपप ?

नेकपाको आन्तरिक विवाद के समाधानतर्फ नै उन्मुख भएको हो त ?

ओली सहभागी नेकपा स्थायी कमिटि बैठकमा भए यस्ता निर्णयहरु

के त्यस्तो सहमति भयो जसले गर्दा प्रधानमन्त्री ओली बैठकमा बस्न राजी भए ?

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको २४ घण्टा नबित्दै ओलीले लिए फिर्ता !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !