२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई महाअभियोग लगाऔं : डा. भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाअभियोग लगाएर हटाउनु पर्ने बताएका छन् ।

हिजो मंगलबार राती सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप लगाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक/वक्तव्यबाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो ।’

यो पनि पढ्नुहोस्

ओली, दाहाल र देउवाले ९ अर्ब खाए : पूर्वप्रधानमन्त्री डा. भट्टराई

डा. बाबुराम भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा

प्रधानमन्त्रीवाट ओलीलाई हटाउनै पर्छ : डा. बाबुराम भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !