२१ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य काैसर शाह नेकपामा प्रवेश


काैसर शाह नेकपामा प्रवेश

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य काैसर शाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छिन् । आज दिउँसो नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शाह नेकपामा प्रवेश गरेकी हुन् ।

उनलाई अध्यक्ष प्रचण्डले नेकपामा प्रवेश गरेका काैसर शाह र राजन झालाई पार्टीमा स्वागत गर्दैउनीहरुलाई उचित जिम्मेवारी दिने बताएका छन् । काठमाडौँकी स्थानीय बासिन्दा शाह दोस्रो संविधान सभामा समानुपातिबाट सांसद भएकी थिइन् ।

नेता साहले पार्टीभित्रका गुटउपगुटका कारण कांग्रेस पार्टी परित्याग गर्ने निर्णयमा पुगेको बताईन । साह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बनेकी थिइन् । उनीसँगै १०९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए ।

नेकपा प्रवेश गर्ने धेरैजसो रौतहटका छन् । नेतृत्व असक्षम तथा विचारविहीन भएकाले आफूहरुले नेपाली कांग्रेस पार्टी परित्याग गरेको शाहको भनाइ छ । कांग्रेसले बीपीको विचारलाई पार्टी सिद्धान्त बनाउन नसकेको उनको आरोप छ ।

नेतृत्व सुस्त भएकै कारण कुनै एजेन्डा उठाउन नसकेको भन्दै शाहले सरकारलाई भष्ट्राचार गरेको आरोप लगाउने कांग्रेस आफैं भष्ट्राचारमा संलग्न भएका कारण सदन र सडकमा मौन रहेको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !