२१ बैशाख २०८१, शुक्रबार

मृत्युअघि कमानसिंह लामाले लेखेको स्टाटसलाई गम्भीर ढंगले लिऊँ : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेकपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाले जीवनको अन्तिम क्षणमा व्यक्त गरेको पीडालाई गम्भीर ढंगले लिनुपर्ने बताएका छन् ।

मृत्युको ८ दिनअघि अस्पतालको शय्याबाट लामाले पत्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेको पत्रलाई पूर्वप्रधानमन्त्री भट्टराईले आदर्श र मूल्य/मान्यताको राजनीति गर्ने सबैलाई गम्भीर ढंगले लिन आग्रह गरेका हुन् ।

प्रेसर, सुगर, मिर्गाैला सम्बन्धी समस्याले समेत पीडित लामाले केही दिनअघि अस्पतालमा छटपटाइरहेका बेला पत्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा निकै पीडादायी पत्र लेखेको पाइएको हो ।

उनले भनेका सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘जीवनका अन्तिम क्षणमा स्व. कमानसिं लामाको मार्मिक उद्घोष! आदर्श र मूल्यमान्यताको राजनीति गर्नेहरू सबैले यसलाई गम्भीर ढंगले लिऊॅ! बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई सबैले चिनौं ! २०४८-५१ सालमा वहाॅ संयुक्त जनमोर्चाको सांसद र म सो वैधानिक पार्टी ( भूमिगत माओवादीको खुला मोर्चा ) को अध्यक्ष छॅदा वहाॅसंग निकट सहकार्य गर्ने अवसर मिलेको थियो । हार्दिक श्रद्धान्जली प्रिय मित्र कमानजी !’

कोरोना भाइरस (कोभिड-१९) वाट संक्रमित पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको २ दिन अघि मंसिर २५ गते शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको थियो ।

काभ्रेका नेकपाका नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्य समेत रहेका थिए । उनी सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका लागि नेपाली राजदूत समेत भएका थिए ।

यो पनि पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !