२६ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणवाट पूर्व सांसद कमानसिंह लामाको निधन


कमानसिंह लामा

काठमाडौँ । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । कोरोना भाइरस (कोभिड-१९) वाट संक्रमित लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहान २ बजे निधन भएको हो ।

काभ्रेका नेकपाका नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्य समेत रहेका थिए । उनी सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका लागि नेपाली राजदूत समेत भएका थिए । ६ वर्ष अघि लामालाई किड्नीमा क्यान्सर भएको थियो ।

मंसिर १० गते कोरोना पुष्टि भएका उनको उपचारको क्रममा निधन भएको हो । २०३८ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको अखिल नेपाल युवक संघको उनी संस्थापक केन्द्रीय सदस्य रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !