२५ बैशाख २०८१, मंगलबार

माधव नेपालले ओली र प्रचण्डलाई दिए यस्तो चेतावनी


ओली, प्रचण्ड र नेपाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।

उनले दुवै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझाव दिँदै पार्टी बैठकभन्दा फरक ढंगले नउभिन चेताए । ‘पार्टीभित्र समस्या देखियो, देशव्यापीरुपमा फैलिँदो छ । समस्या कमिटीभित्र सीमित गर्न सकिएको छैन तर अहिले पनि कमिटीभित्र सीमित गर्नुपर्छ, कमिटीभन्दा पर समस्याको समाधान हुन्छ भनेर सोच्नु हुदैन’, उनले भने ।

उनले वर्षाबाट तर्सिने किसान, नदीबाट तर्सिने माझी, बन्दुकबाट तर्सिने सिपाहीको केही काम छैन भन्दै ओलीलाई पार्टीको बैठकबाट नभाग्न, बैठकमा आएर छलफलमा सहभागी भएर निकास निकाल्न सुझाव दिए । ‘पार्टीभित्र सबै समस्याबारे छलफल हुनुप¥यो, कोभिडकै बारेमा छलफल गरौं, सरकारी नीतिका बारेमा छलफल गरौं । हामी आफैंलाई सर्वज्ञानी ठान्छौं, सर्वज्ञानी नठानौं । अहंकारले नै लंका दहन भएको हो’, नेपालले भने ।

उनले पुष्पकमल दाहालले संगठनको विषयमा धेरै जानकारी नराखेको विषय कोट्याउँदै दुवै अध्यक्षले आफूहरू सुप्रिम हो भन्ने ठानेको र त्यसले संगठनभित्र नकारात्मक असर पार्ने बताए । ‘प्रचण्डजीले आन्दोलन त हाँक्नुभयो तर संगठनसम्बन्धी विषय भने ग्याप भयो’, उनले भने ।

उनले पुष्पकमल दाहालले संगठनको विषयमा धेरै जानकारी नराखेको विषय कोट्याउँदै दुवै अध्यक्षले आफूहरू सुप्रिम हो भन्ने ठानेको र त्यसले संगठनभित्र नकारात्मक असर पार्ने बताए । ‘प्रचण्डजीले आन्दोलन त हाँक्नुभयो तर संगठनसम्बन्धी विषय भने ग्याप भयो’, उनले भने ।

नेता नेपालले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफ्नो सहमति रहेको बताउँदै भने, ‘तर पहिला जो हस्तान्तरण गर्ने ठाउँमा बसेको छ उसैले सुरुगरेपछि अरुले पनि गर्छन् । व्यक्तिवाद, गुटवाद प्रवृत्तिबाट माथि उठेर उमेरको आधारमा हेरौं, बुद्धिको आधारमा हेरौं, त्यागतपस्या गरेको आधारमा हेरौं तर आफैंबाट सुरु गरौं ।’

उनले जतिसुकै मतभेद रहे पनि पार्टीको बैठकबाट टुंगो लगाउने बताए । उनले पार्टीभित्रको समस्यामा विदेशीको प्रभाव नपर्ने समेत बताए । ‘आन्तरिक समस्यामा विदेशीको प्रभाव पार्टीभित्र पर्दैन, पर्न दिन्नु हुन्न’, उनले भने । नेता नेपालले राजा फर्केर सत्तामा आउने सम्भावना नरहेको पनि बताए । उनले पूर्वराजालाई समेत सत्ताको र्‍याल नचुहाउन चेतावनी दिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !