२० बैशाख २०८१, बिहिबार

डा. गोविन्द केसीको आन्दोलनलाई व्यंग्य गरेको भन्दै ओली विरुद्ध आक्रोश


om prakash aaryal

२७ पुस, काठमाण्डौ । डा. गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । डा. केसी र उनको आन्दोलनलाई ओलीले खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोश पोखेका छन् ।

बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मात्र मागेनन्, ओलीको आलोचना पनि गरे । अधिवक्ता ओमप्रकाश अर्यालले अबको नैतिक लडाई केपी ओलीविरुद्ध हुने बताएका छन् ।

२०२८ सालको झापा काण्डमा ओलीको संलग्नता रहेको भन्दै उनले भने, ‘यसरी हत्या गर्नु भनेको नैतिक पतन हुने अपराध गर्नु हो, यो अदालतले पनि ठहर गरेको छ । उनी पार्टी अध्यक्ष मात्र होइन, प्रधानमन्त्री हुन पनि अयोग्य मान्छे हो ।’

उनले ओली कम्युािनष्ट पार्टीको नेता हो कि माफियाहरुको संरक्षक भन्ने प्रश्न पनि गरेका छन् । ‘डा. केसी अब एक्लो छैनन्, यो अभियान हो’ अधिवक्ता अर्यालले अघि भने, ‘ओलीविरुद्धको नैतिक लडाइँ अबको हाम्रो मिसन हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !