१४ बैशाख २०८१, शुक्रबार

नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप ओलीका लागि निकै महँगो पर्नेछ : नेता थापा

नेता पौडेलको गिरफ्तारी नियोजित, राजनीतिक प्रतिशोध र शक्ति उन्माद हो


गगन थापा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप ओलीका लागि निकै महँगो पर्ने बताएका छन् ।

तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेता पौडेललाई प्रहरीले पक्राउ गरेको छ । व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘नेका वरिष्ठ नेता Ram Chandra Paudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन । यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। K P Sharma Oli यो तपाईँका लागि निकै महँगो पर्नेछ ।’

यो पनि पढ्नुहोस्

नेता पौडेलको पूर्व निर्धारित कार्यक्रम विथोल्न निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला

किन र कसरी अचानक कांग्रेस नेता रामचन्द्र पौडेल पुगे प्रहरी हिरासतमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !