९ जेष्ठ २०८१, बुधबार

धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना


dhankuta place

२७ पुस, काठमाण्डौ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटारमा धर्ना दिइएको छ । सबै कुराले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।

प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् । नेकपा एमाले धनकुटाका सचिव सुरेन्द्र पौडेलले भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !