७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्री वेइबीच शिष्टाचार भेट


राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्री वेइबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री वेई फेङ्हेवीच भेटवार्ता भएको छ । आज आइतबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता पछि फेङ्हे राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।

आज आइतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटबार्ता गरेका थिए । सेनाको हेड्क्वार्टर जंगी अड्डामा प्रधान सेनापति थापाले फेङ्हेसँग सरकारको तर्फबाट कुराकानी र छलफल गरेका हुन् ।

चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा लामो सयम बिताएका छन् । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड-१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ । पूर्वघोषित चिनको सैन्य सहयोगबारे पनि छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । चिनियाँ रक्षामन्त्री सहितको २० सदस्यीय डेलिगेशन टिम आइतबार साँझ एयर चाईनाको विमान मार्फत स्वदेश फर्किने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर (फोटो फिचर)

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : मन्त्री वेइ

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेङ्हे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !