काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेङ्हे Nepalpatra काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेङ्हे
१२ माघ २०७७, सोमबार

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेङ्हे


काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेङ्हे

काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्हे काठमाडौँ आइपुगेका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् ।

एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन् ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ । भ्रमण पुरा गरेर वेई आजै आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !