८ बैशाख २०८१, शनिबार

प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता


प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेवीच भेटवार्ता भएको छ । आज आइतबार साँझ बालुवाटार पुगेर चिनियाँ रक्षामन्त्री वेइले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् ।

आइतबार बिहान एक दिने भ्रमणका लागि नेपाल आएका वेइ प्रधानमन्त्रीसँगको भेटपछि शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि उनी चीन फर्किने छन् ।

२१ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका वेइले दिउँसो सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति थापा र सैनिक प्रतिनिधिसँग भेट गरेका छन् ।
प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता

यो पनि पढ्नुहोस्

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर (फोटो फिचर)

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : मन्त्री वेइ

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेङ्हे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !