८ बैशाख २०८१, शनिबार

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर (फोटो फिचर)


काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमणमा आएका रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । सैनिक मुख्यालय (जंगी अड्डा) भद्रकालीमा रक्षामन्त्री वेइ फेङ्हेको सम्मानमा नेपाली सेनाबाट गार्ड अफ अनर अर्पण गरेको हो ।

नेपालको भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् । एयर चाईनाको विमानमार्फत् नेपाल आएका चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दैछन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापा लगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ । भ्रमण पुरा गरेर वेई आजै आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
 चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर  चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर  चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर
तस्वीर सौजन्य : प्रदीपराज वन्त, रासस र नेपाल सेना

यो पनि पढ्नुहोस्

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : मन्त्री वेइ

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेङ्हे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !