२४ बैशाख २०८१, सोमबार

निर्वाचन अायाेगलाई कानुनी अप्ठ्याराे परे डा. केसीसँग सोध्नु : अोली


kepi olli

२६ पुस, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धन टुटाउन अनेक कोणवाट षडयन्त्र भइरहेको बताएका छन् । उपचारका लागि बुधवार बैंकक जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै ओलीले जो जस्ले षडयन्त्र गरेपनि पार्टी एकता दुई साता भित्रै हुने जानकारी दिए ।

ओलीले भने, ‘निर्वाचन आयोग विभिन्न प्रकारका दवाववाट व्ल्याकमेलिङ भएको सुनिन्छ । कति साँचो हो उहाँहरुले जान्नुपर्दछ । अथवा यदि उहाँहरुलाई कानुनी कुरामा नै अप्ठ्यारो लाग्यो भने गोविन्द केसीसँग सोधेपनि हुन्छ । गोविन्द केसीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ ।’ दश वर्ष अगाडि देखि मृगौला प्रत्यारोपण गरेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !