१४ बैशाख २०८१, शुक्रबार

सरकारी कर्मचारीको समेत दशैं भत्ता रोक्न माग गरेका डा. भट्टराईले १५ दिनको तलब पनि नछाडेको खुलासा


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अझैसम्म दसैं भत्ता फिर्ता गरेका छैनन् । भट्टराईले अझैसम्म दसैं भत्ता फिर्ता नगरेको संसद सचिवालय स्रोतले बतायो ।

सांसदको मात्रै नभएर सरकारी कर्मचारीको समेत दसैंमा वितरण हुने अतिरिक्त तलब भत्ता रोक्न माग गरेका डा. भट्टराईले अहिले सम्म पनि दसैं भत्ता फिर्ता गरेका छैनन् ।

दसैं भत्ता फिर्ता नगर्ने संसदहरुमा जसपाका एकजना बाहेक सबै सांसदले दसैं भत्ता फिर्ता गरेका छैनन् । त्यतिमात्र नभई डा.भट्टराईसहित समाजवादी पार्टीका १६ जना सांसदले १५ दिनको तलब पनि कोरोना कोषमा जम्मा गरेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !