६ बैशाख २०८१, बिहिबार

पूर्वमन्त्री पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारवाही गर्न पूर्वप्रधानमन्त्री खनालको माग


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहार भएको घटनाको सामाजिक संजाल फेसबुकमा एक बक्तब्य जारी गर्दै घोर निन्दा तथा भर्त्सना गरेका छन् ।

चितवनको राप्ती नगरपालिकास्थित विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला सम्बोधनका क्रममा वरिष्ठ नेता माधव नेपालनिकट स्थायी समिति सदस्य पाण्डेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै अभद्र व्यवहार गरेका थिए ।

यस विषयमा खनालद्वारा जारी गरिएको बक्तब्यका भनिएको छ, ‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु । ‘

साथै उक्त बक्तब्यमा भनिएको छ, ‘कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न खनालले सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराए । ‘पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता, कार्यकर्तालाई विनम्र अनुरोध छ ।’

यसअघि नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहार गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् । साथै पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भर्त्सना व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !