४ जेष्ठ २०८१, शुक्रबार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, होला सहमति त ?


नेकपा सचिवालय

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुने बुझिएको छ ।

पार्टी अध्यक्ष ओलीले प्रस्तावमाथि जवाफ दिने छन् । आजको बैठक केही क्षण बसेर स्थगित् गर्ने तयारी गरिएको छ । आजै दुई बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसैले सचिवालय बैठक छोटो समय मात्रै बस्ने तयारी छ । सचिवालय बैठक बस्नुअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आजै शीतल निवास पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !